×

प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दियो प्रष्टीकरण,अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ

images

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्टीकरण दिएको छ ।

यसबारे प्रष्टीकरण दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थान बाहेक अन्य केही स्थानहरूमा “क्रस बोर्डर अकुपेसन“ तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।’

मन्त्रालयका अनुसार दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू हाल सीमा क्षेत्रमा क्रियाशील छन्। लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम पुनः सुरु भई संयुक्त रूपमा लगत सङ्कलन भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएका थिए ।

आइतबार​ १७ जेठ २०८३ ०८:५७ PM मा प्रकाशित

प्रतिक्रिया