काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन्।
उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको
मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि मन्त्रालयको रणनीतिक महत्त्व रहेको धारणा व्यक्त गरे। यीनै विषयका महत्त्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उनको भनाइ थियो।
फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गराए। सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उनले बताए।
शपथग्रहणलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका खड्काले पत्रकारहरूसँग कुराकानी गर्दै न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको र छिट्टै जारी गरिने बताए।
‘छिट्टै सरकारका न्यूनतम साझा कार्यक्रम आउँछ। त्यहाँ उल्लेख गरिएका प्राथमिकताअनुसार नै सरकार अघि बढ्छ,’ उनले भने, ‘सरकार बिस्तारका काम लगभग सकिएको छ।’
उनले न्यूनतम साझा कार्यक्रमकै आधारमा बजेट निर्माण गरिनेसमेत बताएका छन्।
प्रतिक्रिया