×

आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ७५ पैसा र बिक्री दर १४५ रुपैयाँ ४० पैसा छ । बेलायती पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ६५ पैसा र बिक्री दर १७२ रुपैयाँ ४२ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५३ पैसा र बिक्री दर ८७ रुपैयाँ ९२ पैसा छ । कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ १६ पैसा र बिक्री दर ४३९ रुपैयाँ १२ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ६० र बिक्री दर ३५६ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

मङ्गलबार १५ साउन २०८१ ०८:०३ AM मा प्रकाशित

प्रतिक्रिया