काठमाडौँ । एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रममा एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।
जुलाई ३१ तरिखदेखि थाइल्यान्डको बैंककमा सुरु हुने प्रतियोगितामा यु–१९ को ५० केजी मुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यु–२२ को ५० केजी मुनि अर्पिल राना र ६० केजीमा इन्द्रबहादुर सुनारले भाग लिदै छन् ।
त्यस्तै सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले र महासचिव मानबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया