×

सुन चाँदीको भाउ सामान्य घट्यो

images

सुन चाँदीको भाउ आज घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीकाे भाउ ताेलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सार्वजनिक बिदा बाहेकका दिनमा सुन चाँदीको भाउ तोक्दै आएको छ ।

बिहीबार १६ असार २०७९ ०१:२५ PM मा प्रकाशित

प्रतिक्रिया