×

'भारतलगायत मुलुकले धानको निर्यातमा प्रतिबन्ध लगाए नेपालमा खाद्य संकट आउन सक्ने'

images

भारतलगायत मुलुकले धानको निर्यातमा प्रतिबन्ध लगाए नेपपालमा खाद्य संकट आउन सक्ने विज्ञहरूले बताएका छन् ।

चालु आर्थिक वर्ष २०७८/०७९ को ११ औं महिनासम्ममा ४५ अर्ब २८ करोडको धान, चामल तथा कनिका आयात गरेको नेपालले आफ्नै उत्पादनले माग धान्न नसक्ने उनीहरूको तर्क छ ।

तथ्यांकले समेत हरेक वर्ष धान र चामलको निर्यात बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा करिब साढे ३२ अर्ब रुपैयाँको धान र चामल आयात गरेकोमा आर्थिक वर्ष २०७६/०७७ मा करिब साढे ३३ अर्ब रुपैयाँको आयात भएको थियो ।

त्यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा सरकारले ५० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात गरेको थियो भने चालू वर्षमा पनि ५० अर्बभन्दा बढीको धान र चामल आयात हुने अनुमान गरिएको छ । भारतलगायत अन्य मुलुकमा देखिएको बढ्दो महँगीका कारण त्यहाँका सरकारले निर्यात प्रतिबन्ध लगाउन थालेका छन् ।
 

बिहीबार १६ असार २०७९ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया