काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ । आज (बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो ।
आफूहरुसँग विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु विगत २९ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आज सरकार र महासंघबीच भएको सहमति मन्त्रिपरिषद्को बैठकपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।
वार्ता सकेर मन्त्रीहरु मन्त्रिपरिषद् बैठकको लागि गएका छन्। वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री रघुजी पन्त, संसदको शिक्षा समितिका सभापति लगायतका सरकारी पदाधिकारीहरुको सहभागिता थियो भने आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायतका प्रतिनिधिहरु सहभागी थिए।
प्रतिक्रिया