काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको आलिताल गाँउपालिका-३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडै उपर उपभोक्ता समितिको चेकमा किर्ते हस्ताक्षरसमेत गरी कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा आरोपपत्र दायर गरेको छ ।
अध्यक्ष मडैले उपभोक्ता समितिको माईन्युटिङ्गको प्रतिलिपि नक्कली तयार गरी समूहका सचिव र कोषाध्यक्षको जानकारी विना चेकमा किर्ते हस्ताक्षर गरी उक्त चेकको प्रयोग गरी १८ लाख १५ हजार अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।
प्रतिक्रिया