×

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

images

काठमाडौँ । नेप्से आज सामान्य घटेको छ । बुधबार नेप्से ५.१७ अंकले घटेर २५६६. १६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२१ कम्पनिका एक करोड १५ लाख १ हजार २८४ कित्ता शेयर ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ मा कारोबार भएको थियो । आज होटल, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक अन्य सबै क्षेत्रको शेयर मुल्य घटेका छन् ।

आज खानि खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्तको शेयरमा ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज ज्योति विकास बैंकको बन्डको शेयर ५.६६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २३ करोड ६५ बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड १९ लाख बराबरको कारोबार भएको छ ।

बुधबार १३ कात्तिक २०८२ ०६:५४ PM मा प्रकाशित

प्रतिक्रिया