×

उच्च अधिकृतले अवकाश रोक्न दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

images

काठमाडौं ।  सर्वोच्च अदालतमा नेपाल प्रहरीका उच्च अधिकृतले दर्जागत उमेर हदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले उमेर हदका कारण गरिएको अवकाश रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाशमा हुने व्यवस्था रहेको छ । अदालतमा विचारधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेर हदका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।

बिहीबार १३ भदौ २०८१ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया