×

संसदीय सुनुवाइ समितिद्वारा निर्वाचन आयुक्तमा सिफारिस प्रधानको नाम अस्वीकृत

images

काठमाडाैं। संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ। संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो। यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो । २ असारमा संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइका क्रममा एक महिलाले प्रधानले आफूलाई यौन शोषण गरेको उजुरी दिएकी थिइन् । पीडितले उजुरी दिएपछि प्रधान विवादित भएका थिए । उनको उच्च नैतिक चरित्र नदेखिएको भन्दै विवाद भएको थियो । समितिबाट आफ्नो नाम अस्वीकृत हुने भएपछि उनले फिर्ताको निवेदन दर्ता गरेका थिए । 

सोमबार १४ साउन २०८१ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया