×

समाजवादी मोर्चाको बैठकले के निर्णय गर्यो ?

images

काठमाडौं । समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको बैठकले मोर्चालाई सक्रिय बनाउने र नयाँ कार्यक्रम ल्याउनेबारे छलफल भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  छोटकरी प्रतिक्रिया दिदै मोर्चाले सशक्त कार्यक्रम ल्याउने बताए । मोर्चाको औचित्य भएननी भन्ने प्रश्नमा प्रचण्डले भने- 'अब देख्नुहुन्छ, यो अझ औचित्यपूर्ण भएर सक्रिय भएर आगाडी आउछ ।' 

बैठकमा पहिलो पटक सहभागी भएका बामदेव गौतमले अहिलेसम्म मोर्चाले गरेका कामको समीक्षा भएको र अब आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल भएको बताए । उनले मोर्चाले सकेसम्म छिटो आन्दोलनका कार्यक्रम ल्याइने बताए ।

मङ्गलबार १४ साउन २०८२ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया