×

भारतका मुख्य प्रशिक्षक गम्भीरको स्टेडियमका मुख्य पिच क्युरेटरसँग झगडा

images

काठमाडौँ । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक गौतम गम्भीर नयाँ विवादमा परेका छन् । मंगलबार इङल्याण्डको ओभल क्रिकेट स्टेडियमका मुख्य पिच क्युरेटर ली फोर्टिससँग झगडा गरेपछि गम्भीर विवादमा परेका हुन् । 

गम्भीर पिच निरीक्षण गरिरहेका बेला यो घटना भएको बताइएको छ । भारतीय टिमले प्रशिक्षण गरिरहेको समयमा क्युरेटरले पिचको नजिक नजान भने पछि गम्भीर रिसाएको बताइएको छ । यो विषय बढ्दै गएपछि दुई जनाबीच चर्को बहस भएको थियो । भारत र इङ्ल्यान्डबीचको टेस्ट सिरिजको पाँचौं खेल जुलाई ३१ देखि यहाँ खेलिदैछ । इङ्ल्यान्ड हाल २-१ ले सिरिजमा अगाडी छ ।

पिचको अवस्था र व्यवहारको बारेमा दुवैबीच कुराकानी भएको बताइएको छ । गम्भीरले तिमि यहाँ केवल ग्राउन्ड्सम्यान भएको र हामीलाई के गर्ने र के नगर्ने भनेर नबताउनु भनेको सार्बजनिक भिडियोमा सुन्न सकिन्छ । पछि ब्याटिङ प्रशिक्षक सितांशु कोटकले क्युरेटरलाई आफूसँगै लगेर बहस साम्य गराएका थिए ।

मङ्गलबार १४ साउन २०८२ ०७:५६ PM मा प्रकाशित

प्रतिक्रिया