काठमाडौं । राज्य व्यवस्था समिति बैठकमा सांसदले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सोधेका छन् । सोमबार आयोजित बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई १० रोपनी जग्गा लिनु भ्रष्टाचार हो कि हैन भन्दै प्रश्न गरेकी हुन ।
‘आज अख्तियार टिम यहाँ छ । दानदातब्यको कुरा के हो ? भ्रष्टाचार हो कि होइन ? १० रोपनी जग्गा दान लिएकोलाई एमनेस्टीले भ्रष्टाचार भनेको छ’, उनले भनिन् । ‘१० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिन भन्नेले किन लिएको ? एम्नेष्टिले यसलाई भ्रष्टाचार भनेको छ। म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु त्यो भ्रष्टाचार भ्रष्टाचार हो कि हैन ?’ उनले प्रश्न गरिन् ।
प्रतिक्रिया