×

वैवाहिक बन्धनमा बाँधिए सेलेना र बेनी

images

काठमाडौँ । हलिवुडकी अभिनेत्री तथा गायिका सेलेना गोमेजले प्रेमी बेनी ब्लान्कोसँग विवाह गरेकी छन् । दुई वर्ष सँगै बिताएपछि, ३३ वर्षीया सेलेना र ३७ वर्षीया गीतकार बेनी ब्लान्को विवाहिक बन्धनमा बाँधिएका हुन् ।

सेलेना गोमेजले २०२३ को अन्त्यमा आफु गीतकार र संगीतकार बेनी ब्लान्कोसँग सम्बन्धमा रहेको बताएकी थिइन् । डिसेम्बर २०२४ मा उनीहरूको इन्गेजमेन्ट भएको थियो । त्यसबेलादेखि, उनीहरू धेरै पटकसँगै देखिएका थिए भने सामाजिक सञ्जालमा धेरै तस्बिरहरू साझा गरेका थिए ।

सेलेना गोमेजले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा आफ्नो विवाहका धेरै तस्बिरहरू र भिडियोहरू सेयर गरेकी छिन् ।  आफ्नो विवाहका तस्बिरहरू सेयर गर्दै, सेलेना गोमेजले विवाहको मिति क्याप्शनमा लेखेकी छन्- '९.२७.२५' त्यस्तै बेनी ब्लान्कोले पोस्टमा टिप्पणी गर्दै लेखेका छन्- 'वास्तविक जीवनमा मेरी श्रीमती'

आफ्नो विवाह अघि, सेलेना गोमेजले मेक्सिकोमा आफ्नो ब्याचलरेट पार्टी मनाएकी थिइन् भने ब्लान्कोले लास भेगासमा आफ्नो ब्याचलरेट पार्टी मनाएकी थिए । गायिका र उनका साथीहरू अगस्ट २३ मा एक लक्जरी याटमा नाच्दै, हाँस्दै र घाम ताप्दै गरेको देखिएका थिए । ब्लान्कोले सिन सिटीमा आफ्नो ब्याचलरेट पार्टीका केही झलकहरू साझा गरेका थिए ।

सेलेनाका पति, बेनी ब्लान्को, एक अमेरिकी गीतकार, रेकर्ड निर्माता र संगीतकार हुन् । मार्च ८, १९८८ मा भर्जिनियामा जन्मेका बेनीले एड शीरन, जस्टिन बीबर, खालिद, हेल्सी, केटी पेरी र रिहाना जस्ता कलाकारहरूसँग काम गरिसकेका छन् । बेनी आफ्नो उत्कृष्ट गीत लेखन र निर्माण कौशलका लागि परिचित छन् । लेखन र निर्माणको अतिरिक्त, उनले धेरै एकल संगीत रिलिजहरू जारी गरेका छन् ।

आइतबार​ १२ असोज २०८२ १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया