×

नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार

images

काठमाडौँ । आज नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार ११.५१ अंकले बढेर २६६३. ५१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१४ कम्पनिका ७५ लाख ११ हजार १९३ कित्ता शेयर २ अर्ब ९३ करोड ५९ लाख १४ हजार ९१० मा कारोबार भएको थियो । आज होटल, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

आज ग्लोबल आइएमइ समुन्नत योजनाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । 

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २४ करोड ११ लाख र नेपाल रिइन्सुरेन्सको ११ करोड बराबरको कारोबार भएको छ ।

आइतबार​ १२ असोज २०८२ ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया