×

सुनको मूल्य हालसम्मकै उच्च

images

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपैयाँले सुन महँगिएको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँ रहेको चाँदी आज एक हजार १८५५ कायम भएको छ ।

बुधबार १२ भदौ २०८१ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया