×

११ महिनामा १७ खर्बको वस्तु आयात, १ खर्ब ७३ अर्बको निर्यात

images

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै भन्सार विभागले १७ खर्ब ६३ अर्बको आयात गरेको देखिएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ८३ अर्बको सामान आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष २७ प्रतिशतले सामान आयातमा वृद्धि भएको छ । जसमा भारतबाट ११ खर्ब, चीन २ खर्ब ४४ अर्ब, अमेरिका ४७ अर्ब ७३ करोड, इन्डोनेसिया ४६ अर्ब २७ करोड र युएईबाट ४३ अर्ब ९६ करोडको सामान आयात भएको पाइएको छ ।

अर्जेन्टिना, अष्ट्रेलिया मलेसियालगायतका मुलुकबाट अर्बौंको सामान आयात हुँदा नेपालले जम्मा १ खर्ब ७३ अर्बको सामान निर्यात गरेको छ । गत वर्षको अन्त्यमा १३ खर्ब ९९ अर्ब रहेको कुल विदेशी विनिमय संचिति चालु वर्षको वैशाख सम्ममा ११ खर्ब ४६ अर्बमा झरेको छ । 

मङ्गलबार १४ असार २०७९ ०६:५० PM मा प्रकाशित

प्रतिक्रिया