×

बजेट वक्तव्य : आगामी वर्ष १६ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य

images

काठमाडौँ, १५ जेठ : सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत आर्थिक वर्ष २०८१र०८२ को बजेटमा यस्तो घोषणा गरिएको हो । 

images

नागरिकमा आत्मविश्वास जगाउने लक्ष्यका साथ १८ खर्ब ६० अर्बको बजेट

काठमाडौँ, १५ जेठ :  सरकारले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्दै नागरिकमा आत्मविश्वास र आशा जगाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तु...

    नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यससँगै उक्त वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको थियो । यद्यपि सरकारले आगामी वर्ष हालको सङ्ख्याको दोब्बर अर्थात् २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको थियो । बजेट वक्तव्यमा भने १६ लाख पर्यटक भित्र्याउने उल्लेख गरिएको छ । 

    कोभिड महामारीपछि मुलुकको पर्यटन पुरानै लयमा फर्किएको छ । सन् २०२४ को सुरुआती महिनादेखि निरन्तर विदेशी पर्यटक आगमन वृद्धि भइरहेको छ । पछिल्लो मे महिनामा मात्रै एक लाख ११ हजार विदेशी पर्यटक नेपाल आएका छन् । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चिएको थियो ।
     
    पर्यटकीय गन्तव्यको पहिचान र विकास गर्न मार्गचित्र बनाउने, पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइने लक्ष्य लिइएको छ । भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने लक्ष्य लिएको सरकारले सीमावर्ती जिल्लामा यस्तो अभियान चलाउने योजना बनाएको छ ।

संस्कृति मन्त्रालयका लागि झण्डै १२ अर्ब

    सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि झण्डै रु १२ अर्ब बजेट विनियोजन गरेको छ । बजेटमा पर्यटन मन्त्रालयका लागि रु ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोे हो । नेपाल वायुसेवा निगमको व्यवस्थापन सञ्चालन करारमा लैजाने र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने अर्थमन्त्री पुनले बताउनुभयो ।
     
    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्षभित्र लगानीको ढाँचा र पूर्वतयारीको काम सम्पन्न गर्ने बजेटमा समेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको काम सुरु गरिने र भरतपुर विमानस्थल आगामी वर्षभित्र सम्पन्न गर्ने बजेटमा घोषणा गरिएको छ ।

मङ्गलबार १४ जेठ २०८१ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया