×

भक्तपुरको आस्था महिला विद्यालयबाट ६३ वर्षमा एसईई दिदैं चन्द्रलक्ष्मी श्रेष्ठ

images


भक्तपुर । आस्था महिला विद्यालय भक्तपुरबाट एसर्ईई परिक्षामा ९ विद्यार्थी सहभागी हुदैंछन् । वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको यो वर्ष ११ औं एसईई दिने तयारी

गरेको छ । शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा आफु समस्यामा भएपनि महिलाहरुको पढ्ने धोको पुरा गर्न सक्रिय छ । यो विद्यालय मध्यपुरथिमी गठ्ठाघरमा रहेको छ । 

यो विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए पढ्नलाई उमेरले छेक्दन भन्ने यहाँका विद्यार्थीहरुले पुष्टि गरेका छन् । २०६५ सालदेखि कक्षा सञ्चालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ । 

विद्यालयकी प्रार्चाय विना देउजाका अनुसार यो वर्ष विद्यालयबाट ६३ वर्ष उमेरकी विद्यार्र्थी  चन्द्र लक्ष्मी श्रेष्ठ एसर्ईई परिक्षमा सहभागी हुदैंछिन् । विद्यालयबाट ९ जना एसईई परिक्षामा सहभागी हुदैं छन् । उनीहरु सबै १७ वर्षदेखि ६३ वर्ष उमेरसम्मका रहेका छन् । उनीहरुको परिक्षा केन्द्र आर्दश माविमा परेको छ ।
यो वर्षको एसईई परिक्षा १७ गते शुक्रबारदेखि सुरु हुदैंछ । यस बर्षको परिक्षामा देशभरबाट ४ लाख ८५ हजार बिद्यार्थी सहभागी हुँदै छन् । प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइदैंछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कक्षा १० को एसईई परीक्षामा साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाकालागि सबै 

मङ्गलबार १४ चैत २०७९ ०४:४६ PM मा प्रकाशित

प्रतिक्रिया