×

सभापति थापाले मधेश प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने

images

काठमाडौँ  । नेपाली कांग्रेसले आज शनिबार मधेश प्रदेशका चार जिल्लामा चुनावी सभा गर्दै छ । मधेश प्रदेशका सर्लाही ,बारा ,पर्षा र रौतहट जिल्लामा कांग्रेसले चुनावी सभा गर्न लागेको हो । चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्।

सभापति थापा सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्नेछन्।  काँग्रेसले आइतबार काठमाडौं उपत्यकामा चुनावी सभा गर्ने कार्यक्रम तय गरेको छ । गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेर काँग्रेसले चुनावी सभाको सुरुवात गरेको थियो । 

त्यस्तै काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले आज गुल्मीसहितका जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ । आजै साँझ उपसभापति शर्मा काठमाडौँ फर्कने छन् । सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेव, दिउँसो १ बजे डोल्पाको जुफाल, २ बजे अछामको साँफेबगर, ३ः१५ बजे अछामको कमलबजार जानेछन् भने अपरान्ह ४ः२० बजे कमलबजारबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।

शनिबार १६ फागुन २०८२ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया