×

अमेरिकका र इजरायलको आक्रमणमा परी इरानमा मारिने विद्यार्थीको संख्या ४० पुग्यो

images

काठमाडौं । अमेरिकका र इजरायलको आक्रमणमा परी इरानमा मरिने विद्यार्थीको संख्या ४० पुगेको छ  । अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार शनिबार गरेको आक्रमण परि दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब शहरमा रहेको एक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो ।

यस्तै इरानको सरकारी समाचार संस्था आईआरएनएले पनि इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् ।

तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ । 

हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। यो आक्रमण इरान र संयुक्त राज्य अमेरिकाबीच परमाणु हतियारसम्बन्धी चलिरहेको वार्ताका क्रममा भएको हो। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।

शनिबार १६ फागुन २०८२ ०७:०७ PM मा प्रकाशित

प्रतिक्रिया