×

‘शिवरात्रीको दिन यी स्थानबाट सवारी यात्रा गर्न निषेध’

images

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीको दिन काठमाडौंका विभिन्न रुटमा गाडी चलाउन रोक लगाएको छ । महाशाखाले मंगलबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका उक्त क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।

महाशाखाले सूचना जारी गर्दै पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै सवारी आवागमनको रुट समेत निर्धारण गरेको हो ।

प्रहरी तय गरेको रुट अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

सोमबार १६ फागुन २०७८ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया