×

सांसद खरिद–विक्री गरी अध्यादेश पारित गर्न खोजिए आन्दोलन गर्छौ - उपेन्द्र यादव

images

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिद–ब्रिकी गरेर भूमि अध्यादेश पारित गराउनेतिर सरकार गए आफूहरू जनआन्दोलनमा जाने चेतावनी दिएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ,’ उनले भने । उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने बताए ।

उनले भने, ‘हामीले सरकारलाई स्पष्ट भनेका छौं यो अध्यादेश दाउपेज, जालझेल, सांसद खरिद बिक्रि गरेर अहिले माफियाहरुले भन्छन् रे कति करोड अर्ब चाहिन्छ सांसद किन्नुस् र पास गर्नुस् भनेको सुन्दैछु । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम कहिल्यै हुँदैन ।

सरकारले फिर्ता लिए हुन्छ विगतमा पनि धेरै अध्यादेश फिर्ता लिएको इतिहास छ ।’ ‘धेरैवटा अध्यादेश विगतमा सरकारले फिर्ता लिएका छन् । सुकुमवासी भूमिहीनको पहिचान गरौं, समस्या समाधान कसरी गर्ने विज्ञ राखेर बहस गरौं र वैज्ञानिक बाटो अपनाएर सधैंका लागि समस्या समाधान गरौं,’ उनले भने ।

शुक्रबार​ १६ फागुन २०८१ ०७:०० PM मा प्रकाशित

प्रतिक्रिया