काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा आफ्नो दाबी नरहेको बताएका छन्। आइतबार साँझ ट्वीट गर्दै खड्काले सरकारमा आफ्नो भने दाबी बताएका हुन्।
कांग्रेसबाट सरकारमा जानेदाबी गरेको भन्ने चर्चा भएको बताउँदै उपसभापति खड्काले आफ्नो कुनै पनि कुरामा दाबी नभएको बताएका छन । गत पुस १० गते भत्किएको गठबन्धनलाई पुन:स्थापित गर्ने संकल्प पूरा गरिएको भन्दै उनले अब कुनै कुरामा आफ्नो दाबी नभएको बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुन:स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएकोछ। अब मेरो दाबी कुनै कुरामा छैन ।’
खड्काले आफू पहिले नै मन्त्री भइसकेकोले अब फेरि मन्त्री नहुने बरू पार्टीका काम कारबाहीमा ध्यान दिने बताउने गरेका छन्। ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापना गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ,’ उपसभापति खड्काले भने, ‘अब मेरो दाबी कुनै कुरामा छैन।
मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस् ।,’ नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्न चाहेको चर्चा चलेको थियो । उनले सोही विषयमा स्पष्टीकरण दिएका हुन् ।
प्रतिक्रिया