×

एसीसी पुरुष यू-१९ प्रिमियर कप: नेपालले आज हङकङको सामना गर्दै

images

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले आज हङकङको सामना गर्दैछ । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ । 

प्रतियोगितामा नेपालले साउदी अरेबियालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै हङकङले पनि साउदी अरेबियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ । समुह विजेता सिधै सेमिफाइनलमा प्रवेश गर्ने हुनाले दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यो खेल जित्ने देश समुह विजेता हुदै सेमिफाइनलमा प्रवेश गर्ने छ ।

१४ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष तीन देश एसीसी पुरुष यू-१९ एशिया कपमा छनौट हुने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

 

बिहीबार १२ मंसिर २०८२ ०९:०८ AM मा प्रकाशित

प्रतिक्रिया