काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी) बढुवाका लागि सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।
जसमा पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् ।

प्रतिक्रिया