काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
कीर्तिपुर नगरपालिका प्रमुख (मेयर राजकुमार नकर्मीको असामयिक निधन भएकाले शोक मनाउन काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा बिदा दिने निर्णय गरेको हो ।
मेयर नकर्मीको मिर्गौलाको उपचार गर्दागर्दै बिहीबार राति वीर अस्पतालमा निधन भएको थियो । उनी नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया