×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ ।

आजका लगि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो रेकर्ड कायम भएको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा छ । पाउन्ड १ को खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०५ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३६ रुपैयाँ ९४ पैसा र बिक्री दर ४३८ रुपैयाँ ९१ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ५७ र बिक्री दर ३५६ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

शनिबार १२ साउन २०८१ ०७:५० AM मा प्रकाशित

प्रतिक्रिया