×

बलिवुड फिल्म 'सैयारा' दुई सय करोड क्लबमा

images

काठमाडौँ । बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण गरिएको छ ।

फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको ९ दिनमा २ सय करोड क्लबमा प्रवेश गरको छ । फिल्मले रिलिजको दोस्रो शुक्रबार १८.५० करोड र दोस्रो शनिबार २७ करोड कमाई गर्दै भारतीय बक्स अफिसमा २२०.७५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

यस अघि फिल्मले रिलिजको पहिलो साताम १७५ करोड २५ लाख भारु कमाई गरेको थियो ।

योसँगै फिल्मले कैयौं रेकर्ड पनि तोडेको छ र फिल्म ठुलो कलेक्सनतर्फ अगाडी बढिरहेको छ । अहिले पनि मल्टीप्लेक्स र सिंगल स्क्रिन दुवैमा दर्शकको अपार भिड रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो अभिनेत्री अनित पड्डाको पहिलो फिल्म पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस फिल्मको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले फिल्मको कथा धेरै मन पराएका छन् । 

फिल्मको रिभ्यु पनि निकै राम्रो रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शले यस फिल्मलाई साढे ४ रेटिंग दिएका छन् । उनले बलिवुडको रोमान्सलाई फिर्ता ल्याएको टिप्पणी गरेका छन् । 

यस फिल्मलाई यस अघिका फिल्म आशिकी र आशिकी-२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका फिल्म निर्माता मोहित सुरीले फेरि एकपटक यशराज फिल्म्ससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ फिल्म ल्याएका छन् । फिल्म करिब ६० करोडको बजेटमा बनेको बताइएको छ । 

 

आइतबार​ १२ साउन २०८२ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया