चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस–एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य भएको बताए ।
चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई अनौठो मान्न नहुने बताए ।
उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताए । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो,’ देउवाले भने, ‘सरकार आपसी सहमति अनुसार नै अघि बढेको छ ।’
कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको देउवाको भनाइ छ ।
प्रतिक्रिया