×

गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने विपक्षीहरुको निर्णय

images

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक चल्न नदिने निर्णय गरेका छन् । गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरुको निर्णय छ ।

सिंहदरबारमा आज विहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामासहित संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय भएको बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए । उनकाअनुसार यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि जवाफ माग्ने निर्णय भएको छ ।

मङ्गलबार १४ जेठ २०८२ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया