×

एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत

images

सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसिसी) अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ । 

images

सैन्य गठबन्धन अस्वीकार्य, नेपाली कानून उल्लंघन गरे एमसीसी खारेज गर्नसक्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्दा संसदले नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने घोषणा गर्ने भएको छ ।...

मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । आजै साँझ हुने दोस्रो बैठकमा त्यससम्बन्धमा दफावार छलफल गर्ने कार्यक्रम छ । 

आइतबार​ १५ फागुन २०७८ ०८:१६ PM मा प्रकाशित

प्रतिक्रिया