काठमाडौं । १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको समेत जानकारी गराएको छ ।
जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।
पर्वतका सीडीओ हरिप्रसाद घिमिरेलाई दोलखामा सरुवा गरिएको छ । तनहुँका सीडीओ रामकृष्ण अधिकारीको सिन्धुपाल्चोकमा सरुवा गरिएको छ भने भोजपुरका सीडीओ शिवलाल तिवारीको तनहुँमा सरुवा गरिएको छ ।
प्रतिक्रिया