×

बीआरआई ग्रहण गर्नुपर्छ: डा. भट्टराई

images

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रको हितमा हुने गरी बीआरआई ग्रहण गर्नुपर्ने बताएका छन् । हिजो सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँगको भेटघाटमा भट्टराईले विकासका निम्ति विदेशी पुँजी, प्रविधि, ज्ञान, सद्भावसँगै व्यापारको आवश्यकता पनि रहेको बताए ।
बीआरआईमा पनि नेपालको हितअनुकूलका पक्षलाई ग्रहण गरेर विकास अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

अनुदानका परियोजना स्वीकार गर्नु उपयुक्त हुने पनि उनले उल्लेख गरे । बीआरआईमा ऋण र अनुदान दुबै रहेकोले हाम्रो आवश्यकता, प्राथमिकता के हो ? भन्ने आधारमा छनोट गरेर राष्ट्रिय हितमा हुने गरी स्वीकार गर्न उनले सरकारलाई सुझाव पनि दिए । अल्पविकसित अवस्थामा रहेको देशले सबै शक्तिसँग सन्तुलित र मित्रवत् सम्बन्ध राख्नुपर्ने डा. भट्टराईको भनाइ छ ।

मङ्गलबार ११ मंसिर २०८१ ११:२३ AM मा प्रकाशित

प्रतिक्रिया