×

अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

images


बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी ९इ–पासपोर्ट० सेवा पुनःसञ्चालन भएको छ ।     विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा  विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो ।  

केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि  विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो ।

सोमबार १० असोज २०७९ ०१:१७ PM मा प्रकाशित

प्रतिक्रिया