×

असोज मसान्तसम्म सुरक्षा निकायका हतियार फिर्ता गर्न गृह मन्त्रालयको आग्रह

images

काठमाडौँ । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लागेका हतियार फिर्ता गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सुचना जारी गर्दै असोज मसान्तसम्म सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ । साथै मन्त्रालयले असोज मसान्तपछि कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने चेतावनी दिएको छ । 

मन्त्रालयले भनेको छ:

जेनजी पुस्ताद्वारा मिति २०८२ भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाण्डौ लगायत मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हातहतियार र खरखजाना कहीं कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा २०८२ असोज मसान्तसम्म बुझाउनुहुन अनुरोध गरिन्छ। यसरी सो मितिभित्र हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने समेत सबैमा अनुरोध छ । सो मिति पश्चात् कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

शुक्रबार​ १० असोज २०८२ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया