काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो ।
गएको आइतबारदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी आज एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया