×

नेविसंघले गरेको तालबन्दीको विरोधमा अनेरास्ववियुको प्रदर्शन

images

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले तालबन्दी गरेको छ ।

त्यसको विरोध गर्दै विश्वविद्यालय परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।

नेपाल विद्यार्थी संघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिबि।केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

शुक्रबार​ १० भदौ २०७९ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया