×

पहिरो जाँदा नौबिसे–मलेखु सडक खण्ड अवरुद्ध

images

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बेल्खुमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ।  लेदो सहितको पहिरो झर्दा राजमार्गमा दुईतर्फी सवारी आवागमन बन्द भएको हो। 

पहिरो पन्छाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ। पहिरोको कारण काठमाडौं प्रवेश गर्ने र बाहिरिने सयौं सवारी रोकिएका छन्। 

सोमबार १० भदौ २०८१ ०५:४९ PM मा प्रकाशित

प्रतिक्रिया