×

यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा रहेको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा छ ।

पाउन्ड १ को खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ १५ पैसा र बिक्री दर ८७ रुपैयाँ ५४ पैसा छ । यस्तै, कुवेती दिनार १ को खरिद दर ४३७ रुपैयाँ १५ पैसा र बिक्री दर ४३९ रुपैयाँ १२ पैसा छ भने बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ ४९ र बिक्री दर ३५६ रुपैयाँ ०८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

शुक्रबार​ ११ साउन २०८१ ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया