×

विराटनगरका मेयर कोइरालाकाे सम्पत्ति : ३ करोड ३० लाख रुपैयाँ पर्ने गाडी र ८० तोला सुन

images

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा सम्पत्ति विवरण बुझाउनु भएको छ । कोइरालाले आफ्नो नाममा महानगर क्षेत्रभित्र ८५ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।

मेयर कोइरालाको नाममा विराटनगरको वडा नम्बर ११ र १५ मा रहेको आफ्नो व्यक्तिगत नामको जग्गाको विवरण मात्र सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको हो । दुई वटा वडाका कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५ सय ९८ मा गरी उहाँको नाममा २८ हजार ७ सय १९ वर्गमिटर ९ सय ८५ कट्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।

विराटनगर १५ मा ७४ कट्ठा र ११ नम्बर वडामा ११ कट्ठा जग्गा भाइको नाममा रहेको भए पनि पैतृक सम्पत्तिबाट आफ्नो भागमा आएको उल्लेख गरिएको छ । जग्गाकाे आर्थिक मूल्याङ्कन कति हो भनेर उल्लेख गरिएको छैन । मेयर कोइरालाको एकाघरको सम्पति भने त्योभन्दा धेरै छ । तर, उहाँले व्यक्तिगत स्वामित्वमा रहेको सम्पत्तिको विवरण मात्र बुझाउनु भएको हो ।

कोइरालासँग ८० तोला सुन रहेको विवरणमा उल्लेख गरिएको छ । उहाँको नाममा बैंकमा १० लाख रुपैयाँ नगद रहेको र त्यो नगद पनि पैतृक सम्पत्तिबाटै प्राप्त भएको भनिएको छ । उहाँले सम्पत्ति विवरणमा विराटनगरमा भएका घरहरुको विवरणबारे उल्लेख गर्नुभएको छैन । उहाँको नाममा ३ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने गाडी रहेको  विवरणमा उल्लेख छ ।
 

मङ्गलबार १० साउन २०७९ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया