काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको लागि खेलाडी दर्ता प्रकृया पुरा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो सिजनको अक्सनका लागि ४५८ खेलाडीले आफ्नो नाम दर्ता गराएको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ता खुला गरेको थियो ।
दर्ता भएका सम्पूर्ण खेलाडीहरुको विवरण नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेञ्चाईज टोलीहरुलाई उपलब्ध गराई नेपाल क्रिकेट संघको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरुले इच्छ्याएका खेलाडीहरुको सुचीवाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ ।
साथै एनपीएलको दोश्रो संस्करणको खेलाडी अक्सन साउन २४ गते हुने क्यानले जनाएको छ ।
प्रतिक्रिया