×

प्रधानमन्त्रीले गरे युरोपेली युनियन अन्तर्गतका राजदूतसहित २३ जना कुटनीतिज्ञसँग सामूहिक छलफल

images

प्रधानमन्त्री वालेन शाहले मंगलबार युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन् ।

इयू अन्तर्गत २२ देश तथा दक्षिण–पूर्वी एशियाली मुलकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग प्रधानमन्त्री शाहले सामूहिक भेट र संवाद गरेका हुन् । भेटका क्रममा नेपालमा नयाँ सरकार आएपछिको विकसित घटना, नयाँ बजेट र युरोपमा नेपालमाथिको हवाई प्रतिबन्ध आदि विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको थियो । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट गरेका थिए।

मङ्गलबार १२ जेठ २०८३ ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया