काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । आइतबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा माथिको सेयर धितो कर्जामा जोखिम भार घटाउने निर्णय भएको हो ।
हाल १२५ प्रतिशत रहेको जोखिम भार घटाएर १०० प्रतिशत बनाउने निर्णय भएको हो । ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाम भने यसअघि नै जोखिम भार घटाएर १०० प्रतिशत बनाइएको थियो । राष्ट्र बैंकले २०७८ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार बढाउर १५० प्रतिशत पुर्याएको थियो ।
नवनियुक्त गभर्नर पौडेलले मौद्रिक नीतिमा गरेको यो पहिलो समीक्षा पनि हो। यसअघि महाप्रसाद अधिकारी गभर्नर छँदा केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्ण लचिलोलाई सजगतापूर्ण सन्तुलित हुने उल्लेख गरेको छ। मौद्रिक नीतिको कार्यदिशा परिवर्तन गरेको केन्द्रीय बैंकले न्यून ब्याजदरका कारण कर्जा प्रवाहमा सुधार हुँदै जाँदा आर्थिक गतिविधिमा सुधार आई बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन सहज हुँदै जाने अनुमान रहेको पनि जनाएको छ।
समग्र मागमा सुधार आएको केन्द्रीय बैंकको विश्लेषण छ। जसले अर्थतन्त्रको क्षमता उपयोगमा सुधार आउन थालेको उल्लेख गरेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताले वर्षैदेखि उठाउँदै आएको माग पुरा गरेसँगै नेप्से प्रि ओपन सेसनमा उच्च अंकले बढेको हो ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकमा प्राडा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि आएको मौद्रिक नीतिको समिक्षा पुँजी बजार प्रति उदार देखिएका छन् ।
सेयर बजार अनुत्पादक क्षेत्र भएकाले जोखिम उच्च हुने भन्दै सेयर धितोकर्जाको जोखिम भार १२५ प्रतिशत बनाएको थियो । केन्द्रीय बैँकको यो कदमलाई सेयर बजारका लगानीकर्ताले खुलेर स्वागत गरेका छन् ।
प्रतिक्रिया