काठमाडौं । सुदुरपश्चिम रोएल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।
टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो । सुदूरपश्चिमका लागि आरिफ सेखले सर्बाधिक ४५ रन बनाएका थिए भने इशान पाण्डेले ३८, जोश ब्राउनले २४, दिपेन्द्र सिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाएका थिए ।
त्यसैगरी विराटनगरका बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने प्रतिस जिसीले २ र बसिर अहमदले एक विकेट लिए । सुदूरपश्चिम र विराटनगर दुवैले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिमले शीर्ष स्थान नै सुरक्षित गर्दै पहिलो क्वालिफायर खेल्ने भइसकेको छ । अब यो खेलको नतिजापछि सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोलीको पनि टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया