काठमाडौं । गुजरात टाईटन्स भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई ईन्डियन्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार राति घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातले मुम्बईलाई ५५ रनले हराए पछि दोस्रो स्थानमा उक्लिएको हो ।
जितको लागि २०८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो ।
मुम्बईका लागि निहाल वाधिराले ४०, क्यामरुन ग्रीनले ३३, सुर्यकुमार यादवले २३, पीयुष चावलाले १८ तथा इशान किशनले १३ रन बनाए ।गुजरातका लागि नूर अहमदले ३, मोहित शर्मा र राशिद खानले समान २-२ तथा कप्तान हार्दिक पान्ड्याले १ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट
गुमाएर २०७ रन बनायो ।गुजरातका लागि ओपनर शुभमन गिलले ५६, डेबिड मिलरले ४६, अनुभब मनोहरले ४२, राहुल तिवतियाले अविजित २०, विजय शंकरले १९ तथा कप्तान हार्दिक पान्ड्याले १३ रन बनाए ।
मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १-१ विकेट लिए ।
गुजरात ७ खेलमा ५ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ३ मा जित र ४ मा हारसहित सातौं स्थानमा छ । यस्तै, चेन्नई ७ खेलमा ५ मा जित र २ मा हारसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया