काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ। सभापति रवि लामिछाने को प्रस्तावमा शाह दलको नेतामा चयन भएका हुन्।
घण्टीघरमा बसेको केन्द्रीय समितिको बैठकले यसअघि नै शाहलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित गरेको थियो। सोही प्रस्तावका आधारमा संसदीय दलको नेतामा उनको चयन भएको पार्टीले जनाएको छ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेको प्रस्तावमा कुनै विरोध नआएपछि शाह सर्वसम्मत रूपमा चयन भएका हुन्।
शाहलाई दलको नेता चयन गर्दै बैठक सम्पन्न भएको छ भने अब संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने तयारी भइरहेको पार्टीले जनाएको छ।
प्रतिक्रिया