×

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र मेयर बालेन शाहबिच एक घण्टा भेटवार्ता

images

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि काठमाडौंका मेयर बालेन शाहलाई भेटेका छन् ।

संसदीय राजनीतिमा आउनेगरि बालेनले हिजोबाट एकाएक सक्रियता बढाएपछि बाबुरामले पनि आज बालनेसँग कुपण्डोलमा रहेको वैकल्पिक शक्तिहरुको लागि इपिसेन्टर बनेको कुमार बेनको घरमा पुगेर भेट गरेका हुन् । मिडियाकर्मीहरुबाट घेरिएका बाबुरामले नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्ने कुरा राखेको प्रतिक्रिया दिए ।

उनले भने,‘मैले विगत लामो समयदेखि भन्दै आएको कुरा नयाँ र वैकल्पिक शक्ति बनाएर जानुपर्छ भन्ने कुरा मैले भन्दै आएकै कुरा हो, मैले बालेनजीसँग त्यही कुरा राखेँ, नयाँ र वैकल्पिक शक्ति बनाउन तपाईंले समन्वय गर्नुस् भनेको छु ।’ बाबुरामसँगको भेटअघि बालेनले रवि लामिछाने, कुलमान घिसिङ, सुनिल शर्मा, ज्ञानेन्द्र शाही, सुधन गुरुङलगायतसँग भेट गरेका थिए ।

बिहीबार १० पुस २०८२ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया