×

चार महिनामा वाणिज्य बैंकहरुले छुट्टाय स्टाफ बोनस वापत २ अर्ब ९६ करोड रूपैयाँ

images

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वाणिज्य बैंकहरुले प्रोभिजन फर स्टाफ बोनस वापत २ अर्ब ९६ करोड रूपैयाँ भन्दा बढी रकम छुटाएका छन् ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले स्टाफ बोनस वापत कुल २ अर्ब ९६ करोड ९० लाख रूपैयाँ छुटाएका हुन् । 
 

यो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १३.११ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकहरुले कर्मचारी बोनस वापत ३ अर्ब ४१ करोड ७० लाख रूपैयाँ छुटाएका थिए । 

जसमा नेपाल बैंकले कार्तिक मसान्तसम्म कर्मचारी बोनस वापत ५ करोड ८३ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ०.४४ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले कर्मचारी बोनस वापत ५ करोड ८५ लाख रूपैयाँ छुटाएको थियो । 

राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी बोनस वापत ८ करोड ५२ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०५.२२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले कर्मचारी बोनस वापत ४ करोड १५ लाख रूपैयाँ छुटाएको थियो ।

नबिल बैंकले कर्मचारी बोनस वापत ३९ करोड १६ लाख रूपैयाँ छुटाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.३१ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले कर्मचारी बोनस वापत ४२ करोड ७१ लाख रूपैयाँ छुटाएको थियो । 

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्मचारी बोनस वापत १० करोड २१ लाख, स्ट्याण्डर्ड चाटर्ड बैंकले १४ करोड ५३ लाख, हिमालयन बैंकले १२ करोड ८६ लाख, नेपाल एसबीआई बैंकले १० करोड ६६ लाख, एभरेष्ट बैंकले २३ करोड ९१ लाख, एनआईसी एसिया बैंकले ५ करोड ४५ लाख रूपैयाँ छुटाएका छन् ।

त्यसैगरि, माछापुच्छ्रे बैंकले कार्तिक मसान्तसम्म कर्मचारी बोनस वापत ९ करोड ६८ लाख, कुमारी बैंकले २३ करोड ५४ लाख, लक्ष्मी सनराइज बैंकले ९ करोड ९७ लाख, सिद्वार्थ बैंकले १० करोड ८५ लाख, कृषि विकास बैंकले ३१ लाख, ग्लोबल आईएमई बैंकले ३८ करोड ५ लाख रूपैयाँ छुटाएको छ । 

त्यस्तै, प्राइम बैंकले २५ करोड १९ लाख, एनएमबी बैंकले २० करोड २५ लाख, प्रभु बैंकले १५ करोड ८७ लाख, सानिमा बैंकले १२ करोड ३ लाख रूपैयाँ कर्मचारी बोनस वापत छुटाएका छन् । 

सिटिजन्स बैंकले भने कर्मचारी बोनस वापत कुनैपनि रकम छुटाएका छैनन् ।  

bonus.JPG
बिहीबार १० पुस २०८२ ०७:४० AM मा प्रकाशित

प्रतिक्रिया